२०८० फागुन ११ गते | 23rd of February 2024

बैठकबाट बाहिरिए माधव नेपाल

बैठकबाट बाहिरिए माधव नेपाल
Sanchar_np प्रकाशित: २०७८ असोज २१ गते ११:१७

काठमाडौं । सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट माधव नेपाल बाहिरिएका हुन् ।

पार्टीको बैठक जारी रहेकाले उनी आफ्नो कुरा राखेर बालुवाटारबाट बाहिरिएका नेपाल निकट स्रोतले बताएको छ । अध्यक्ष नेपाल बैठकमा साढे दुई घण्टा बसेका थिए ।

नेपाल बाहेकका अरु नेताहरु भने बालुवाटारमै बसिरहेका छन् । उनले बालुवाटारबाट बाहिरिँदा सञ्चारकर्मीहरूलाई समेत कुनै प्रतिकृया दिएका छैनन् ।

गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले आज पुनः गठबन्धनको बैठक बसेको हो ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच यसअघि भएको मन्त्रालय भागबण्डाप्रति अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा नेता नेपालले आफ्नो पार्टीलाई एक राज्यमन्त्रीसहित पाँच मन्त्री दिने भन्ने यसअघिको सहमति वैज्ञानिक नभएको भन्दै थप एक मन्त्री पाउनुपर्ने धारणा राखेका जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *