२०८० फागुन १४ गते | 26th of February 2024

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प
Sanchar_np प्रकाशित: २०७८ असोज २२ गते १२:००

काठमाडौं । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार बिहीबार राति १०ः४१ मा टोकियोमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु राजधानी टोकियोको पूर्वमा रहेको चिबा प्रान्तमा रहेको जनाइएको छ । भूकम्पमा परि २० भन्दा बढी मानिसहरु घाइते भएको द जापान टाइम्सले जनाएको छ ।

भूकम्पको कारण केही रेल लाइनहरु अवरुद्ध हुनुका साथै लाइन काटिएको भएतापनि ठूलो क्षति भने नभएको जनाइएको छ ।

यद्यपी विज्ञहरुले यसै हप्ता भित्र यस्तै तीव्रताको भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । चेतावनीलाई मध्यनजर गर्दै सरकारले आपतकालीन प्रतिक्रिया कार्यदल गठन गरेको जनाइएको छ ।

यसअघि पनि अगस्ट ४, २०२१ मा टोकियोको तटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

त्यस समयमा भूकम्पको परिमाण ६ रेक्टर स्केल मापन गरिएको थियो । जापानमा समय समयमा भूकम्प आइरहने भएकाले भवन र घरहरुको डिजाइन पनि सोही खनुसार गरिने भएकाले धेरै क्षति नहुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *