२०८० फागुन २० गते | 3rd of March 2024

तनहुँबाट दसैँका लागि करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री

तनहुँबाट दसैँका लागि करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री
Sanchar_np प्रकाशित: २०७८ असोज २३ गते १२:०१

दमौली । तनहुँबाट दसैँका लागि करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ ।

दुई हप्ताको अवधिमा जिल्लाका १० सहकारीमार्फत् दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् ।

दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् ।

ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँमा बिक्री गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *