२०८० फागुन १४ गते | 26th of February 2024

देउवासँगको भेटमा कांग्रेसका प्रदेश सांसदको गुनासोः सूदुरपश्चिम सरकारको नेतृत्व चाहियो

देउवासँगको भेटमा कांग्रेसका प्रदेश सांसदको गुनासोः सूदुरपश्चिम सरकारको नेतृत्व चाहियो
Sanchar_np प्रकाशित: २०७८ असोज २३ गते १२:१९

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नेपाली काँग्रेसका सांसदहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

शनिबार काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश सरकारको नेतृत्वले आफूहरुले पाउनुपर्ने माग गरेका हुन् ।

प्रदेश सरकारले गठबन्धनका नाममा कांग्रेसलाई वेवास्ता गर्दै मनपरी गर्न थालेकाले यथास्थितिमा साथ दिन नसकिने कुरा प्रधानमन्त्री समक्ष राखेको प्रदेशसभा सदस्य भरतबहादुर खड्काले जानकारी दिए ।

शनिबार देउवालाई भेट्न संसदीय दलका नेता डा। रणबहादुर रावल, प्रमुख सचेतक गोविन्दराज बोहरा र प्रदेशसभा सदस्य खड्का बालुवाटार पुगेका थिए ।

सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका ११, जनता समाजवादी र लोकतान्त्रिक जनता समाजवादीका १र१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *