२०८० फागुन १४ गते | 26th of February 2024

नेपाली राजनीति समूह, गुट र उपगुटमा अल्झियोः पूर्वराजा ज्ञानेन्द्र शाह

नेपाली राजनीति समूह, गुट र उपगुटमा अल्झियोः पूर्वराजा ज्ञानेन्द्र शाह
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते ९:१३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको भन्दै आलोचना गर्नुभएको छ ।

दशैंको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपाली समाज सनातनिक आदर्श र पूख्यौली पौरखबाट पृथक नभएको बताउँदै राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर, राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ’ पूर्वराजा शाहले प्रश्न गर्नुभएको छ ।

‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, वेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फँसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन त ?’

कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने भन्दै शाहले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्ने बताउनु भएको छ ।

प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै बिचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश आफूले लिएको शाहले बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *