२०८० फागुन २० गते | 3rd of March 2024

जनकपुरधामको राजदेवी मन्दिरमा भीड खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड

जनकपुरधामको राजदेवी मन्दिरमा भीड खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड
Sanchar_np प्रकाशित: २०७८ असोज २७ गते ७:५७

जनकपुरधाम । जनकपुरधामका शक्तिपीठहरुमा खोँइछ भर्नेको भीड लागेको छ ।

राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामका विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड छ ।

विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन् । खोँइछ भर्नका लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा खोँइछ भरिरहेका छन् ।

त्यस्तै प्रसाद चढाउनका लागि गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ ।

मिथिलामा छोरीको विदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ । जनकपुरमा आज रातिदेखि बलि दिइन्छ ।

त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीका लागि जाने गरेका छन् । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलि प्रदान हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *