२०८० फागुन २० गते | 3rd of March 2024

इन्डोनेसियामा ४.८ म्याग्निच्युडको भूकम्प, ३ जनाको मृत्यु

इन्डोनेसियामा ४.८ म्याग्निच्युडको भूकम्प, ३ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज ३१ गते ११:०५

एजेन्सी । इन्डोनेसियामा भूकम्प गएको छ ।

इन्डोनेसियाको रिसोर्ट टापु बालीमा ४.८ म्याग्निच्युडको भूकम्प गएको अलजजिराले जनाएको छ ।

भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । सात जना घाइते भएको जनाइएको छ ।

उद्धार एजेन्सीका प्रमुख गेडे दरमाडाले भूकम्पमा घाइते भएकाहरुको अवस्था गम्भिर रहेको बताएका छन् ।

पहिलो भूकम्प बालीको सिङ्गराजा शहरको उत्तर पूर्वमा ६२ किलोमिटर पर १० किलोमिटरको गहिराईमा आएको उल्लेख छ ।

यसपछि २८२ किलोमिटरको गहिराईमा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । हाल भूकम्पका कारण भएको जनधनको क्षति बारे जानकारी संकलन भइरहेको जनाइएको छ ।

यसअघि इन्डोनेसियामा जनवरीमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा कम्तीमा १०५ जनाको मृत्यु भएको थियो भने ६ हजारभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *