२०८० फागुन २० गते | 3rd of March 2024

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राखेप सदस्य सचिव सिलवाल बर्खास्त
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १ गते १३:३२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई सरकारले बर्खास्त गरेको छ ।

एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको हो ।

तत्कालीन नेकपाको पूर्व एमाले समर्थिक सिलवाललाई सदस्य सचिव बनाएपछि पूर्व माओवादी समूहका शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरिएको थियो ।

सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए ।

दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *