२०८० फागुन १४ गते | 26th of February 2024

ट्वान्टी थ्री एसियन कप छनोटको तयारी खेलमा नेपाल पराजित

ट्वान्टी थ्री एसियन कप छनोटको तयारी खेलमा नेपाल पराजित
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ६ गते ९:१८

काठमाडौं । एएफसी अण्डर ट्वान्टी थ्री एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।

ताजकिस्तानमा गएराती भएको मैत्रीपूर्ण खेलमा नेपालको अण्डर ट्वान्टी थ्री टोली इण्डोनेसियाको अण्डर ट्वान्टी थ्री टोली २ शुन्य गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए । नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’ मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नै बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *