२०८१ वैशाख २ गते | 14th of April 2024

भेट्रान फुटबलको उपाधि झापाले उचाल्यो

भेट्रान फुटबलको उपाधि झापाले उचाल्यो
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते १३:४६

काठमाडौं । खुमलटार भेट्रान फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ गोलको पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो ।

खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।

दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको झापाले एक गोल गरेको थियो । खेलको ३९औं मिनेटमा श्याम कुमार गोलेले गोल गर्दै दोस्रो हाफको सुरुआतमा खेल बराबरीको अवस्थामा ल्याएका थिए ।

बराबरी गोल फर्काएका श्याम कुमार गोलेले नै पुनः एक गोल थप्दै टिमलाई विजयी बनाए ।

खुमलटारविरुद्ध रोमाञ्चक जित निकालेको झापाले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

व्यक्तिगत विधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ दी म्याच तथा प्लेयर अफ दी टुर्नामेन्ट, रुपक कुमार गुरुङ उत्कृष्ट गोल किपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

त्यस्तै खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट अवार्ड थापे ।

प्रतियोगितामा २१ टोलीले सहभागिता जनाएका थिए । आयोजकले सहभागी टोलीलाई सात समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेल खेलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *