२०८१ वैशाख ५ गते | 17th of April 2024

देउसी भैलो खेल्न राति ९ बजेपछि नपाइने

देउसी भैलो खेल्न राति ९ बजेपछि नपाइने
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १६ गते १४:१५

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न नपाइने गरी निर्णय गरेको छ ।

कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले समयसीमा तोकेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्नर गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ ।

प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वमको समयमासार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *