२०८१ जेठ ११ गते | 25th of May 2024

सप्तरीमा धानखेतमा फालिएको नवजात शिशुको उद्धार

Sanchar_np प्रकाशित: २०७८ कार्तिक १८ गते ९:५६

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।

धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए ।

उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ ।

शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ ।

नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *