२०८१ असार ३१ गते | 15th of July 2024

बारामा जग्गा विवादले छरछिमेकमा मनमुटाव

बारामा जग्गा विवादले छरछिमेकमा मनमुटाव
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २१ गते १३:११

जितलाल श्रेष्ठ, बारा । बाराको निजगढ नगरपालिका १० लालका स्थानीयबासी वर्षौदेखि आफ्नो बसोबास क्षेत्रको जग्गा विवादबाट मुक्त हुन सकेका छैनन् ।

आफूले प्रयोग गरेको जग्गा आफ्नो नाममा हुनुपर्ने माग गर्दै आएका स्थानीयले धेरै आश्वासन पाए पनि काम नहुँदा चिन्तित छन् ।

बारा कलैयाको नापी कार्यालयका कर्मचारीका कारण साविक रतनपुरी गाउ विकास समिति वडा नं.८ लाल हाल निजगढ नगरपालिका १० लालका स्थानीय वर्षौैदेखि जग्गा विवादबाट मुक्त हुन सकेका छैनन् ।

तत्कालिन मर्नहवा गाविस साविक रतनपुरी गाविस हाल निजगढ नगरपालिकामा रुपान्तरण भई सक्दा पनि जग्गा विवाद उस्तै छ ।

२०२२ सालदेखि नैं नापी कार्यालय बाराका अमिन लगायतका अन्य कर्मचारीले जग्गा किनबेच गरी नापी नक्शा गर्न आउने सेवाग्रहीको जग्गाको नापी गर्न स्थलगत नगई अफिसमा नैं बसेर कित्ताकाट गरेका कारण यो समस्या जटिल बन्दै आएको छ ।

शुरुमा १०/१५ घरधुरी बसेको बस्ती अहिले घना भई सकेको छ । सो कार्य बढ्दै अहिले दुई सयभन्दा बढी घरधुरीको बाक्लो बस्ती भई सकेको छ ।

स्थानीयको ६०/७० विघा भन्दा बढी क्षेत्रफलको जमीन यस्तै समस्याले विवादित छ । दिन प्रतिदिन छिमेकीबीच विवाद बढेको छ ।

यो समस्या समाधान गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights