२०८१ वैशाख ५ गते | 17th of April 2024

पछिल्लो २४ घण्टामा ३९० जना कोरोना पुष्टि, ५ जनाको मृत्यु

४२५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३९० जना कोरोना पुष्टि, ५ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते ११:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ५ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ४२५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ८३६ जनामा पुष्टि भएको छ ।

यस्तै हालसम्म संक्रमण निको हुनेको कुल संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ भने मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ६५४ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *