२०८१ वैशाख ३ गते | 16th of April 2024

मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय

मोतिपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने सरकारको निर्णय
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २३ गते १०:१६

काठमाडौ । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।

पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।

यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *