२०८१ वैशाख ३ गते | 16th of April 2024

छालाका जुत्ता चप्पल मेला सुरु

छालाका जुत्ता चप्पल मेला सुरु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २६ गते १३:०३

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ ।

आज काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तो दरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै करोनाको कहरबाट अर्थतन्त्र पूर्ववत् अवस्थामा फर्कदै गर्दा बैंक तथा वित्तिय संस्थामा देखिएको तरलतालको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताउनु भयो ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्रको व्यापार घाटा कम गर्न सकेसम्म निर्यातलाई बढाउन पर्ने बताउनुभयो ।

प्रदर्शनी कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म सञ्चालन हुने छ ।

अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *