२०८१ वैशाख २ गते | 14th of April 2024

चीन र ताइवानबीचको तनाव बढ्दै

चीन र ताइवानबीचको तनाव बढ्दै
Sanchar_np प्रकाशित: २०७८ मंसिर ३ गते ८:३७

काठमाडौं । ताइवान सीमामा लगातार लडाकु विमान पठाउँदै आएको चीनलाई जवाफ दिदै ताइवानले आफ्नो वायुसेनामा एफ १६ लडाकु विमानको सबैभन्दा उन्नत संस्करण तैनाथ गरेको छ ।

चीनबाट बढ्दो खतराको सामना गर्दै ताइवानले आफ्नो रक्षा क्षमता बढाएको एपी न्यूजले जनाएको छ ।

सन् १९४९ को गृहयुद्धमा चीन र ताइवान अलग भएपछि दुई देश बिचको तनाव बढ्दै गएको हो ।

ताइवानका राष्ट्रपति तसाई इङ–वेनले बिहीबार चियालीको वायुसेना अड्डामा ६४ वटा एफ १६ लडाकु विमानहरू समावेश गरेको उल्लेख गरिएको छ ।

यी विमानहरू १९९० को आसपास विकसित गरिएको जनाइएको छ । यी सबै विमानहरू २०२३ को अन्त्यसम्ममा पूर्ण रूपमा स्तरोन्नति हुने छन् ।

चीन र अमेरिकाबीच तनावको सबैभन्दा ठूलो कारण बनेको बेला ताइवानले यो कदम उठाएको हो ।

चीनका राष्ट्रपति सी जिनपिङले यसै हप्ता भर्चुअल शिखर वार्तामा आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई ताइवानमाथिको चीनको दाबीलाई चुनौती दिनु भनेको आगोसँग खेल्नु सरह रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *