२०८१ जेठ ११ गते | 25th of May 2024

भलिबलकी कप्तान अरुणा शाही सम्मानित

भलिबलकी कप्तान अरुणा शाही सम्मानित
Sanchar_np प्रकाशित: २०७८ मंसिर ४ गते ८:४४

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा एक कार्यक्रम गरि शेरबहादर खड्का स्मृति प्रतिष्ठानले कप्तान शाहीलाई सम्मान गरेको हो ।

राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा अन्तराष्ट्रिय स्तरसम्म पु–याएको योगदानको कदर गदै शेरबहादर खड्का स्मृति प्रतिष्ठानले नगद ५० हजार सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै कप्तान शाहीले यो सम्मानले महिला भलिबल टिमलाई झन हौषला मिलेको बताएकी छन् । आगामी दिनमा अझ बढी मेहनत गरी राष्ट्रिय महिला भलिबल टिमले स्वर्गपदक जित्ने अपेक्षा गरेकी छन् ।

उक्त कार्यक्रममा सभापति शेरबहादुर खड्का, स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रमुख अतिथि एन आइसी एसिया बैंकका प्रमुख कार्यकारी रोशनकुमार न्यौपाने, विशिष्ट अतिथि एभीसी एसीयन सेन्ट्रल लजोनका कोसाध्यक्ष एवंम नेपाल भलिबलका महासचिव जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल

संघकी उपाध्यक्ष निरोज मास्के लगायत, अतिथि, राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

शेरबहादर खड्का स्मृति प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *