२०८१ जेठ ११ गते | 25th of May 2024

सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको तयारी

सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको तयारी
Sanchar_np प्रकाशित: २०७८ मंसिर ७ गते १२:०६

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गरी उहाँले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफै पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरे ।

उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले सचिव पदमा उम्मेद्वारी दिएको बताएका छन् ।

नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरे ।

रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र देश बूँदे सहमतीको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *