२०८१ जेठ ५ गते | 18th of May 2024

रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै प्रदर्शन

रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै प्रदर्शन
Sanchar_np प्रकाशित: २०७८ मंसिर १० गते १२:२३

काठमाडौं । धनुषामा रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

उनीहरुले महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै प्रदर्शन गरेका हुन् ।

नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भन्दै उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गरेका छन् ।

यसैबीच प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले विवाहपञ्चमी महोत्सव अगावै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

लोसपाका नेता उमेश मण्डलले धार्मिक पर्यटन र जनकपुरको अर्थतन्त्र बढाउन रेल सेवाले सकारात्मक भूमिका निर्वाह गर्ने भन्दै अविलम्ब सञ्चालन हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *