२०८१ वैशाख ३ गते | 16th of April 2024

गुल्मीमा कांग्रेसको जिल्ला सभापतिको मतदान स्थगित

गुल्मीमा कांग्रेसको जिल्ला सभापतिको मतदान स्थगित
Sanchar_np प्रकाशित: २०७८ मंसिर ११ गते ११:१४

गुल्मी । नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि भइरहेको मतदान रोकिएको छ ।

एक स्थानीय तहको मतदान चलिरहेका बेला केही मतपत्रमा संकेत गरेको भेटिएको भन्दै विवाद भएपछि मतदान स्थगित गरिएको हो ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार छन् ।

जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् ।

सभापति चयनका लागि शनिबार बिहान मतदान सुरु भएको थियो ।

दुई जना जिल्ला उपसभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटाबीच प्रतिस्पर्धा भएको छ ।

दुई जना जिल्ला सचिव पदका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ भने सचिवमा पृथ्वीबहादुर फौजदार, जगदिस भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसीले उम्मेदवारी दिएका छन् ।

यस्तै दुईजना सहसचिव पदका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको छ भने धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनीले सहसचिवमा उम्मेदवारी दिएका छन् ।

जिल्ला सदस्य पदमा ५० जना भन्दा बढीले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिमा ७ पदाधिकारीसहित ४५ सदस्यीय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *