२०८१ वैशाख ३ गते | 16th of April 2024

सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु

सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २० गते ११:५१

तनहुँ । तनहुँमा शिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ ।

गएराती शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका बेला गोली लागेर शुक्लागण्डकी नगरपालिका १, थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।

उनको गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार आइतबार साँझ साढे सात बजेको समयमा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएकाले उनलाई थप्रेक स्वास्थ्य चौकी लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ ।

प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *