२०८१ वैशाख ३ गते | 16th of April 2024

कोरोना खोप लगाएकी महिलाको मृत्यु

कोरोना खोप लगाएकी महिलाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २१ गते ७:२४

काठमाडौं । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो ।

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *