२०८१ जेठ ११ गते | 25th of May 2024

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा आर्सनल पराजित
Sanchar_np प्रकाशित: २०७८ मंसिर २१ गते ८:४४

काठमाडौैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा आर्सनल पराजित भएको छ ।

सोमबार राति अवे मैदानमा भएको खेलमा आर्सनल एभर्टनसँग २–१ ले पराजित भएको हो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ओडिगार्डले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर सो अग्रता दोस्रो हाफमा कायम रहन सकेन । एभर्टनका लागि ७९ औँ मिनेटमा रिचार्लिशनले बराबरी गोल गरे ।

इन्जुरी समयको दोस्रो मिनेटमा ग्रेले गोल गरी एभर्टनलाई जित दिलाएका हुन ।

पराजित भएको आर्सनल १५ खेलबाट २३ अंकसहित सातौँ स्थानमा छ भने विजयी भएको एभर्टन १८ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *