२०८१ असार २९ गते | 12th of July 2024

नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको होः प्रकाशमान सिंह

नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको होः प्रकाशमान सिंह
Sanchar_np प्रकाशित: २०७८ मंसिर २७ गते ११:०३

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन ।
त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताएका छन ।

भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा कांग्रेस नेता वालकृष्ढा खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताएका छन ।

उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताए ।

नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताए ।

त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताए । आफू जहिल्यै पनि काँग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उनलेकुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताए ।

उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा सञ्चालन भइरहेको छ ।

सोमबर पार्टी नेतृत्व चयनको लागि मतदान भएको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights