२०८१ वैशाख २ गते | 14th of April 2024

शेखर कोइराला देउवासँग फेरि चुनाव लड्ने, मतदान दिउँसो साढे ३ बजेदेखि सुरु

शेखर कोइराला देउवासँग फेरि चुनाव लड्ने, मतदान दिउँसो साढे ३ बजेदेखि सुरु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ८:३१

काठमाडौं । नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको चुनाव लड्ने पक्का भएको छ ।

उनीसँग प्रतिस्पर्दी उम्मेदवार शेरबहादुर देउवालाई यसअघि सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले समर्थन गर्ने भएसँगै अब चुनाव लड्ने कि नलड्ने भन्नेमा कोइरालाले आफू निकटसँग छलफल पछि दोस्रो चरणको चुनाव लड्ने भएका हुन् ।

महामन्त्रीका उम्मेदवार गगन थापाका अनुसार छलफलमा देउवासँग फेरि चुनाव लड्ने निष्कर्ष निकालिएको हा । दोस्रो चरणको मतदान आजै दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *