२०८१ असार ३१ गते | 15th of July 2024

उपसभापति पदको मतगणना सुरु

उपसभापति पदको मतगणना सुरु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २९ गते १२:३७

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतदान सकिए लगत्तै सोमबार मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights