२०८१ जेठ ५ गते | 18th of May 2024

नेपाली भलिबल टोलीलाई विमानस्थलमा बाजा बजाएर स्वागत

नेपाली भलिबल टोलीलाई विमानस्थलमा बाजा बजाएर स्वागत
Sanchar_np प्रकाशित: २०७८ पुष १५ गते ८:१६

काठमाडौं। बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली आज स्वदेश फर्किएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए । टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो ।

६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो ।

पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *