२०८१ वैशाख ३ गते | 16th of April 2024

१२ खेलाडीलाई कोभिड भएपछि भारत एएफसी कपबाट बाहिरियो

१२ खेलाडीलाई कोभिड भएपछि भारत एएफसी कपबाट बाहिरियो
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ५:३५

आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ । भारतका १२ खेलाडीमा कोभिड–१९ को संक्रमण भएपछि आयोजक प्रतियोगिताबाट बाहिरिएको हो ।
भारतले आइतबार समूह चरणको खेलमा चाईनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल रद्द गरिएको थियो ।
एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनु पर्छ । तर, कोभिड संक्रमणको कारण भारतले खेलाडी उपलब्ध गराउन नसकेको हो ।
भारत समूह ए मा रहेको थियो । प्रतियोगिता अन्तर्गत बाँकी खेलहरु भने पूर्व निर्धारित तालिका अनुसार नै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *