२०८१ वैशाख ५ गते | 17th of April 2024

चीनले बेलायतलाई दियो चेतावनी

चीनले बेलायतलाई दियो चेतावनी
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ६:२३

चीनले बेलायतलाई चेतावनी दिंदै ‘कोल्ड वार प्लेबुक’को पालना नगर्न भनेको छ । बेलायतले अष्ट्रेलियासँग चीन–रुस विरुद्ध वैचारिक गुटका संयोजन गर्ने बताएपछि चीनले उक्त चेतावनी दिएको हो ।
बेलायत र अष्ट्रेलियाबीच अंकुश नामक सुरक्षा सम्झौता अघि बढाउने सहमति समेत भएको छ । अंकुश सम्झौतामा अमेरिका, बेलायत र अष्ट्रेलिया सहभागी रहेका छन् ।
अंकुश सम्झौताको उदेश्य एशिया प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्नु रहेको छ । यसैकारण चीन उक्त सम्झौताका कारण चिढिएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले स्थानीय मुद्दाबाट जनताको ध्यान अन्यत्र मोड्न अहिले चीन विरुद्ध लागेको आरोप चीनले लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *