२०८१ वैशाख २ गते | 14th of April 2024

कैलालीमा हायस ट्रकमा ठोक्किँदा १६ जना घाइते

कैलालीमा हायस ट्रकमा ठोक्किँदा १६ जना घाइते
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ६:४२

कैलालीको गोदावरीमा रोकिराखेको ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते भएका छन । गोदावरी नगरपालिका–१ स्थित पाठक पेट्रोल पम्पनजिकै धनगढी–अत्तरिया ६ लेन सडकमा रोकिएको ट्रकको पछाडि हायस ठोक्किँदा हायसमा सवार १६ जना घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गईरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायस रोकिएर राखेको ना ४ ख १९१५ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।
दुर्घटनामा घाइते १६ जनाको धनगढीस्थित माया मेट्रो हस्पिटल र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको बताइएको छ । ट्रक नियन्त्रणमा रहेको तथा ट्रक चालक फरार रहेकाले ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *