२०८१ वैशाख २ गते | 14th of April 2024

सिटामोलको कृत्रिम अभाव कायम गर्नु दुःखद् : जनस्वास्थ्य विद्यार्थी संघ

सिटामोलको कृत्रिम अभाव कायम गर्नु दुःखद् : जनस्वास्थ्य विद्यार्थी संघ
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ६:५३

नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुःखद् भएको जनाएको छ ।
कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव रहेको छ । तर यस्तो समयमा समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका महासचिव अमृत बिष्ट र अध्यक्ष सुमित बोहराद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
‘स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहेको छ । हामी प्रश्न गर्न चाहन्छौं, सिटामोलको अभाव कुन बजारमा छैन?’, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले समायोजन गरेको पिसिआर परीक्षण शुल्क सरकारी अस्पतालहरूले समेत कार्यान्वयन नगरेको संघका महासचिव अमृत बिष्टले बताए । सरकारी निर्देशनको पालना नगर्ने अस्पताललाई कारबाही गर्न संघको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *