२०८१ जेठ ११ गते | 25th of May 2024

आठ न्यायाधीशलाई कोरोना भएपछि उच्च अदालत विराटनगरको सेवा प्रभावित

आठ न्यायाधीशलाई कोरोना भएपछि उच्च अदालत विराटनगरको सेवा प्रभावित
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ६:५८

विराटनगरस्थित उच्च अदालतका आठजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक आठ न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतको सेवासमेत प्रभावित भएको छ ।
उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण भएपछि बन्दी प्रत्यक्षीकरण र थुनुवाका मुद्दा मात्र हेर्न थालिएको जानकारी दिए ।
‘सेवा कटौती भन्दा पनि संकुचन गरिएको हो । अलिक भिडभाड कम गर्ने गरी सेवा थालिएको छ, बन्दी प्रत्यक्षीकरण र थुनुवा भएका मुद्दाहरू मात्र हेरिन्छ,’ उनले भने ।
उनका अनुसार न्यायाधीशसहित थप अरू १० जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *