२०८१ साउन ८ गते | 23rd of July 2024

हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोरोना संक्रमण
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ७:२९

हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि दोस्रो लहरमा संक्रमित भएका गजुरेल यस पटक कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएका हुन् ।
आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’
कोरोना संक्रमणको दोस्रो लहरमा गत कात्तिकमा कोरोना संक्रमण भएपछि गजुरेल ११ दिनसम्म अस्पतालको आईसीयूमा बसेर डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights