२०८१ साउन ८ गते | 23rd of July 2024

अपहरणमा परेका राइडर अफलाइन राइडमा थिए : पठाओ

अपहरणमा परेका राइडर अफलाइन राइडमा थिए : पठाओ
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ८:०७

पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ । राईलाई शनिबार राति कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पु¥याएर लुटपाट गरेका थिए ।
मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ । राइडर प्रविण पनि अफलाइन राइड लिएको पाइएको पठाओले बताएको छ ।
पठाओका अनुसार राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए । कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ ।
निजले बाटोमा भेटेको व्यक्तिलाई बार्गेटिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो, पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights