२०८१ वैशाख २ गते | 14th of April 2024

मैत्रीपूर्ण खेलका लागि नेपाल आईपुग्यो मरिससको टोली

मैत्रीपूर्ण खेलका लागि नेपाल आईपुग्यो मरिससको टोली
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ८:२७

नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण खेलका लागि अफ्रिकी राष्ट्र मरिससको टिम नेपाल आईपुगेका छन् । मरिससको टोली सोमबार नेपाल आईपुगेका हुन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।
मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *