२०८१ जेठ ५ गते | 18th of May 2024

मनोज गजुरेललाई दोस्रो पटक कोरोना पुष्टि

मनोज गजुरेललाई दोस्रो पटक कोरोना पुष्टि
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ८:३२

काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि दोस्रो लहरमा पनि उनी कोरोना संक्रमित भएका थिए । पहिलो पटक कोरोना संक्रमण हुँदा उनको स्वास्थ्यवस्था जटिल बनेको थियो ।

आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ। ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *