२०८१ जेठ ११ गते | 25th of May 2024

सोमपालको विश्वकीर्तिमान तोडियो

सोमपालको विश्वकीर्तिमान तोडियो
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ८:४२

वेस्ट इन्डिजका अकिल होसेनले नेपाली क्रिकेटर सोमपाल कामीको विश्व कीर्तिमान तोडेका छन् । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दशौं नम्बरका ब्याट्सम्यानका रुपमा सोमपालले बनाएको सर्वाधिक रनको कीर्तिमान होसेनले तोडेका हुन् ।
सोमपालले सन् २०१४ मा दशौं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएर विश्व कीर्तिमान कायम गरेका थिए । सोमपालले सन् २०१४ को नोभेम्बर २४ मा श्रीलंकामा हङकङविरुद्धको खेलमा दशौं नम्बरमा ब्याटिङ गर्दै उक्त कीर्तिमान बनाएका थिए । ।
तर इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी खेलमा दशौं नम्बरमा ब्याटिङ गर्न आएका वेस्ट इन्डिजका होसेनले अविजित ४४ रन बनाउदै सोमपाललाई पछि पारेका हुन् । होसेनले १६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४४ रन बनाउदै कीर्तिमान कायम गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *