२०८१ जेठ ५ गते | 18th of May 2024

बंगलादेशमा दुई नेपाली फिल्मलाई अवार्ड

बंगलादेशमा दुई नेपाली फिल्मलाई अवार्ड
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ८:४९

बंगलादेशको राजधानी ढाकामा सम्पन्न ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली फिल्मले अवार्ड उचालेका छन् । आइतबार सम्पन्न २० औँ संस्करणका अवार्ड समारोहमा दुई नेपाली फिल्मले उत्कृष्टताको अवार्ड उचालेका हुन् ।
सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र किरण पोखरेलको ‘पुतलीको सपना’ले अवार्ड जितेका हुन् । ‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दा निर्माणाधिन ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार हात पारेको हो ।
१७ विधाको अवार्ड वितरण भएको समारोहमा एसियन सिनेमा विधाको प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिएका हुन् । यही विधामा उत्कृष्ट फिल्मको अवार्ड भने भारतबाट सिफारिस भएको तमिल फिल्म ‘पेब्बल्स’ले जितेको छ ।
अवार्ड समारोहमा भाग लिन ढाका पुगेका किरण पोखरेल र सुजित बिडारी भने कार्यक्रममा सहभागी हुन पाएनन् । उनीहरु दुवै कोरोना संक्रमणका कारण होटलमा आइसोलेटेट भएका बसेका छन्। उनीहरुले कोरोना मुक्त भएपछि नेपाल फर्किने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *