२०८१ वैशाख २ गते | 14th of April 2024

‘मेस्सीको आलोचना गर्नेले फुटबल बुझेका छैनन्’ – बेन्जेमा

‘मेस्सीको आलोचना गर्नेले फुटबल बुझेका छैनन्’ – बेन्जेमा
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ८:५८

स्पेनिस क्लब रियल म्याड्रिडका करिम बेन्जेमा पछिल्लो समय सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा स्थापित भएका छन् । त्यहि लगातारको उच्च प्रदर्शन पछि उनी झण्डै ६ वर्षपछि फ्रान्सेली राष्ट्रिय टोलीमा पनि समेटिएका छन् ।
फ्रान्सेली फरवार्डले बालोन डी ओर तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केहि समयमा हुने च्याम्पियन्स लिगको नकआउट र टोलीका दुई सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेका विषयमा बोलेका छन् ।
बार्सिलोना छाडेर सिजनको सुरुवातमा मेस्सी पिएसजी पुगेपछि कतिपयले त्यो सरुवातको ओलोचना गरेका छन् । तर बेन्जेमा भने मेस्सी पिएसजीमा सफल हुनेमा आफूमा कुनै दुविधा नरहेको बताउँछन् ।
‘मेस्सीले राम्रो गर्न सक्दैनन् भन्नेमा मलाई विश्वास छैन । त्यहाँको माहोलमा भिज्न केहि समय लाग्छ नै । उनले अहिले धेरै गोल गर्न सकेका छैनन्’, बेन्जेमाले भने, ‘तर पनि मैदानमा उनले सक्दो प्रयास गरिरहेका छन् । जे होस यसै कुनै खेलाडीलाई ओलोचना गर्न ठिक हुन्न । जसले मेस्सीको आलोचना गर्छन् उनीहरुले फुटबल बुझेकै छैनन् ।’
च्याम्पियन्स लिगमा उनले फ्रान्सेली टोलीका युवा स्टार एमबाप्पेको सामना गर्नुपर्नेछ । एमबाप्पेकोविरुद्धमा खेल्नु विशेष हुने बेन्जेमाले बताएका छन् । ‘हामी राम्रो साथी हौं । हेरौं खेल के हुन्छ’, उनले भने, ‘उनी जित्न चाहान्छन् र हामी पनि ।’
च्याम्पियन्स लिगको नकआउट चरणमा रियल र पिएसजीलाई सर्वाधिक महत्वका साथ हेरिएको छ । पिएसजीविरुद्धको खेलका लागि आफूहरु तयार रहेको बेन्जेमाले बताएका छन् ।
‘हामी अरु टोलीसँग खेल परोस् भन्ने चाहन्थ्यौं । तर पनि हामी तयार छौं’, उनले समर्थकलाई आश्वास्त पार्ने प्रयास गर्दै भने ।
बोलोन डी ओरमा बेन्जेमा चौथो स्थानमा रहेका थिए । उनले आफूले चाहेजस्तो हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *