२०८१ वैशाख ३ गते | 16th of April 2024

नेप्से परिसूचक १०० अङ्कले घट्यो, सबै उपसमूह राताम्मे

नेप्से परिसूचक १०० अङ्कले घट्यो, सबै उपसमूह राताम्मे
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते १०:२२

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १००.१० अङ्कले घटेर २ हजार ८२०.४१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय २३ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश ः एनआइसी एशिया बैंक र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा सबै उपसुचक राताम्मे भएको छ । आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले अधिक गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *