२०८१ जेठ ५ गते | 18th of May 2024

पेट्रोलियम पद्धार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर्न व्यवसायीको माग

पेट्रोलियम पद्धार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर्न व्यवसायीको माग
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते १०:२९

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर्न माग गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै महासंघले कोरोना कहरकाबीच व्यवसायीहरुले बैंकमा ब्याज किस्ता समेत बुझाउन नसकेको जनाउँदै गत असारबाट हालसम्म भएका पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो ।
महासंघले व्यवसायीहरुलाई प्रत्यक्ष असर गर्ने गरी पटक–पटक हालसम्म गरिएको पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि तत्काल फिर्ता लिनको लागि नेपाल आयल निगमलाई आग्रह गरेको छ ।
मुल्य फिर्ता नलिएमा महासंघले बाध्य भई थप निर्णय लिने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *