२०८१ जेठ ११ गते | 25th of May 2024

कोरोना अपडेट : नेपालमा थप १० हजार ३१९ जना संक्रमित

कोरोना अपडेट : नेपालमा थप १० हजार ३१९ जना संक्रमित
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते १०:३९

सोमबार नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ८०५४ र एन्टिजेनबाट २ हजार २६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *