२०८१ वैशाख २ गते | 14th of April 2024

आहा रारा गोल्डकप : साविक विजेता संकटामाथि मछिन्द्रको फराकिलो जित

आहा रारा गोल्डकप : साविक विजेता संकटामाथि मछिन्द्रको फराकिलो जित
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते १०:५७

साविक विजेता संकटा फुटबल क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा मछिन्द्र फुटबल क्लबसँग ४–१ गोल अन्तरले पराजित हुँदै संकटा बाहिरिएको हो ।
मछिन्द्र भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मछिन्द्रलाई जित दिलाउन मेसुके ओलोमोउले दुई गोल गरे । यस्तै उत्सव राई र अविशेक गुरुङले एक एक गोल गरे ।
संकटाका गणेश हमालले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अविशेकले खेलको ८४ औं मिनेटमा गोल गरेपछि मछिन्द्रले ३–१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४–१ को सहज जित दिलाए ।
अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *