२०८१ वैशाख २ गते | 14th of April 2024

बुस्टर डोज अभियानले नियमित खोप अभियान प्रभावित

बुस्टर डोज अभियानले नियमित खोप अभियान प्रभावित
Sanchar_np प्रकाशित: २०७८ माघ १० गते ११:२७

सरकारको कोरोनाविरुद्धको खोप पूर्ण मात्रा लगाउने लक्ष्य हासिलमा सकस देखिएको छ । चैत मसान्तसम्म सतप्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको सरकारले अहिलेसम्म ४२ दशमलव ७ प्रतिशत नागरिकले मात्र खोपको पूर्ण मात्रा लगाएको जनाएको छ ।
पूर्ण मात्रा लगाउने अभियानलाई सार्थकता दिनुपर्नेमा अहिले धमाधम बुष्टर डोज अभियान चलाइएको छ । देशभर हालसम्म १ करोड २९ लाख ६६ हजार ३६२ नागरिकले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ नागरिकमध्ये ४२ दशमलव ७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका हुन् ।
सोमबार एक लाख १९ हजार ३७१ नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ करोड ६२ लाख ८९ हजार ४२५ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् ।
त्यस्तै एक लाख ६८ हजार ९३९ नागरिकले बुष्टर डोज लगाएका छन् । नेपाललाई ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप प्राप्त भएको थियो । जसमध्ये अहिलेसम्म २ करोड ९४ लाख २४ हजार ७५६ मात्रा लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *