२०८१ वैशाख ५ गते | 17th of April 2024

आहा रारा गोल्डकप : थ्री स्टार र आर्मी भिड्दै

आहा रारा गोल्डकप : थ्री स्टार र आर्मी भिड्दै
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ५:११

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *