२०८१ जेठ ५ गते | 18th of May 2024

रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार

रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ५:१७

नेपालमा पछिल्लो समय रियालिटी शोको बाढी नै आएको छ । यही भिडमा ‘सिङ्गर ः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ ।
शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो । फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक श्याम धितालले जानकारी दिए ।
धितालले भने, ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’ ।’
विजेताले नगद २५ लाख सहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने धितालको भनाइ छ । नेपाली गीतसंगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायकगायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छ ।
आगामी वैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *