२०८१ वैशाख ३ गते | 16th of April 2024

जुम्लामा ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्ध खोप

जुम्लामा ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्ध खोप
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ५:२५

जुम्लामा ८८ प्रतिशत बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । १२ देखि १८ वर्षमुनिका १२ हजार पाँच सय ५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै, जुम्लामा १२ वर्षभन्दा माथिका खोप प्राप्त गर्नुपर्ने लक्षित जनसंख्या ८२ हजार पाँच सय १३ छ । यसमध्ये पहिलो मात्र खोप लगाएको संख्या ६० हजार ६ सय ९२ जना अर्थात् ७२ दशमलव ५५ प्रतिशत रहेको छ । पूर्ण मात्रामा खोप लगाएको संख्या ३७ हजार तीन सय ४९ जना अर्थात् ४५ दशमलव २६ प्रतिशत रहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ जना स्वास्थ्यकर्मीसहित ६० जनालाई कोभिड– १९ संक्रमण देखिएको छ । ९८ जनालाई एन्टिजेन परीक्षण गर्दा ४५ जनालाई र १७ जनालाई पिसिआर परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा राखेर चारजना उपचारत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *