२०८१ वैशाख ५ गते | 17th of April 2024

रुससँग भिड्न साढे ८ हजार अमेरिकी सैनिक तयारी अवस्थामा

रुससँग भिड्न साढे ८ हजार अमेरिकी सैनिक तयारी अवस्थामा
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ५:४१

युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सूचनाका आधारमा अमेरिकाले आफ्नो सेना तयारी अवस्थामा राखेको छ । पेन्टागनले युक्रेनको सीमामा तनाव बढ्न सक्ने भन्दै साढे ८ हजार सैनिक तयारी अवस्थामा राखेको जनाएको छ ।
यी सैनिक परिचालन कहिले गर्ने भन्नेबारे भने अमेरिकाले स्पष्ट पारेको छैन । पेन्टागनका प्रेस सचिव जोन किर्बीका अनुसार ¥यापिड–रिएक्सन फोर्सलाई सक्रिय बनाउनेबारे नेटोले निर्णय गरेपछि मात्रै सैनिक परिचालन हुनेछ ।
अमेरिकाले केही महिनादेखि रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको बताउँदै आएको छ । तर रुसले भने आफ्नो सैनिक आक्रमणका लागि परिचालित नभएको दाबी गर्दै आएको छ । रुसी दाबीका बाबजुद युक्रेनको सीमामा एक लाखभन्दा बढी रुसी सैनिक परिचालित छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सोमबार आफ्ना युरोपेली सहयोगी देशहरुसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्दै रुसले युक्रेनमा आक्रमण गर्न सक्नेबारे बताएका थिए । यो छलफलमा सहभागी पश्चिमा देशहरु युक्रेनमा रुसले आक्रमण गरे एउटै रणनीतिमा अघि बढ्न सहमत भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *