२०८१ वैशाख २ गते | 14th of April 2024

जर्मनीको एक विश्वविद्यालयमा गोली प्रहार हुँदा दुईको मृत्यु

जर्मनीको एक विश्वविद्यालयमा गोली प्रहार हुँदा दुईको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ माघ ११ गते ६:२१

जर्मनीको एक विश्वविद्यालयमा भएको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ । जर्मनीको हेइडवर्ग युनिभर्सिटीमा प्रवेश गरेका सोही विश्वविद्यालयका एक विद्यार्थीले एक जनाको हत्या गरी आफैंलाई पनि गोली प्रहार गरेका थिए ।
घटनामा ३ जना घाइते भएका छन् । २ वटा बन्दुक बोकेका ती व्यक्तिले विश्विद्यालयमा कक्ष सञ्चालन भइरहेको अवस्थामा कोठामा प्रवेश गरेर विद्यार्थीमाथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गोली प्रहार गर्ने व्यक्ति १८ वर्षिय युवक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *